+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

घेराबन्दी भएको भन्दै प्रदेशसभामा सांसदले मागे गुहार !

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ८ गते १६:३८

८ साउन, विराटनगर । प्रदेश १ का प्रदेशसभा सदस्य सर्वध्वज साँवाले प्रदेश नामकरणका विषयमा सांसदलाई घेराबन्दी गरिएको भन्दै गुहार मागेका छन् ।

आइतार प्रदेशसभा बैठकमा बोल्दै उनले नामकरणको विषयलाई लिएर प्रदेश सांसदलाई घर र बाटोमा समेत घेराबन्दी भएको बताए ।

‘गुहार गुहार गुहार भन्न चाहन्छु’, उनले प्रदेशसभा बैठकमा भने, ‘किनकी हामीलाई अहिले बलीको बोका, पाठा–पाठी बनाउन खोजिएको छ ।’

उनले अघि भने, ‘कोही समूहले भन्नुहुन्छ कोसी राख्नुहोस्, नत्र आउँदो चुनावमा पहिचानवादी आदिवासी शून्य बनाइदिन्छु, अर्काे समूहले भन्छ किरात लिम्बुवान राखेनौं भने आउदो चुनावमा कोसीमा बगाइदिन्छु, हामी घेराबन्दीमा परिरहेका छौं ।’

सांसद साँवाले प्रदेश १ का प्रदेशसभा सदस्यहरु अप्ठेरो परिस्थितिमा रहेको भन्दै प्रदेशसभा नियमावली संशोधन गरेर नामका विषयमा गोप्य मतदानको व्यवस्था गर्न माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?