+
+

हलिउड स्टुडियो मार्भलले गर्‍यो एकैपटक १० सुपरहिरो फिल्मको रिलिज मिति घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ८ गते १७:२३

काठमाडौं । हलिउड स्टुडियो मार्भलले एकैसाथ १० बहुप्रतीक्षित फिल्मको प्रदर्शन मिति घोषणा गरेको छ । मार्भल प्रमुख केभिन फेइगले शनिबार कमिक-कन समारोहमा पाँचौं चरणको रिलिज लाइनअप सार्वजनिक गरे ।

लाइनअपमा एभेन्जर्सका दुई सिक्वेल समेत संलग्न छन् । एभेन्जर्स एन्डगेमसँगै सकिएपछि इन्फिनिटी सिक्वेलको रुपमा यी दुई फिल्म निर्माण गर्न लागिएको हो ।

यी सबै फिल्मलाई मार्भलले मल्टिभर्स अफ सागा भनेको छ । केही महिनाकै अन्तरालमा एभेन्जर्सका दुई फिल्म प्रदर्शन हुन लागेका हुन् । ‘एभेन्जर्स : द क्याङ डायनेस्टी’ २०२५ मे २ मा प्रदर्शन हुनेछ भने ‘एभेन्जर्स : सेक्रेट वार्स’ २०२५ नोभेम्बर ७ मा रिलिज हुनेछ ।

नोभेम्बर ११ मा रिलिज हुने ‘ब्ल्याक प्यान्थर : वाकान्डा फरेभर’सँगै मार्भलको चौथो चरण सकिनेछ भने ‘आन्ट म्यान एण्ड द वास्प क्वान्टुमेनिया’ २०२५ फेब्रुअरी १७ मा रिलिज भएसँगै पाँचौं चरण सुरु हुने भएको छ ।

मार्सल्ला अली स्टारर ‘ब्लेड’ २०२३ नोभेम्बर ३ मा प्रदर्शन हुनेछ । एन्थोनी म्याकी स्टारर ‘क्याप्टेन अमेरिका : न्यु वर्ल्ड अर्डर’ २०२४ मे ३ मा प्रदर्शन हुनेछ । खलपात्रमा आधारित फिल्म ‘थन्डरबोल्ट्स’ २०२४ जुलाई २६ मा रिलिज भएसँगै मार्भलको पाँचौं चरण सकिनेछ ।

‘फ्यान्टास्टिक फोर’ २०२४ नोभेम्बर ८ मा प्रदर्शन भएसँगै मार्भलको छैटौं चरण सकिनेछ । मार्भलले पाँचौं चरणको रिलिजसँगै हल र ओटीटी प्लेटफर्मतर्फ आफ्नो रणनीति केन्द्रित गरेको छ ।

कोरोनाभाइरस महामारीका कारण दुई वर्ष मार्भल फिल्म ठप्पजस्तै रह्यो । तर यसपटक मार्भलले गति समातेजस्तो देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?