+
+

द ब्रिटिस कलेजमा ‘टीबीसी मार्केटप्लेस’ कार्यक्रम सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ८ गते १८:१०

काठमाडौं । द ब्रिटिस कलेजले ‘टीबीसी मार्केटप्लेस’ कार्यक्रम आयोजना गरेको छ । लेभल ३ बीबीए पाठ्यक्रमको एक भागको रुपमा उक्त कार्यक्रम डिजाइन गरिएको थियो । कार्यक्रममा पहिलो वर्षका विद्यार्थीहरुमार्फत १८ वटा स्टलको व्यवस्था गरिएको थियो  ।

थापाथलीस्थित ट्रेड टावरको ग्राउन्ड फ्लोरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई व्यावसायिक दृष्टिकोण, स्पोनसर्सिप प्राप्त गर्ने, ब्रान्ड डिजाइनिङ, उत्पादनको बिक्री वितरण जस्ता कार्यहरु दिइएको थियो । कलेजका अनुसार प्राक्टिकल एसाइनमेन्टबाट कुल ग्रेडको ४० प्रतिशत योगदान हुनेछ भने बाँकी प्रक्रिया अन्तर्गत परोपकारमा दान गरिनेछ ।

बीबीए कार्यक्रमका प्रमुख सौरभ सत्यालले मार्केटप्लेसबारे जानकारी दिंदै टीबीसीमा विद्यार्थीहरुलाई व्यवहारिक सिकाइ र शिक्षामार्फत आफूलाई प्रस्तुत गराउन प्रोत्साहित गरेको बताए । विद्यार्थीहरुका लागि एक अवसर भएको भन्दै उनले विद्यार्थीहरुले आफ्नो अध्ययनलाई व्यवहारिक बनाउन सक्ने बताए ।

कलेजका मार्केटिङ प्रमुख अमरदी मण्डलले टीबीसीले आयोजना गरेको मार्केटप्लेसले एउटा ठूलो सफलता प्राप्त गरेको बताए । भविष्यमा पनि कलेजले यस्तै व्यवहारिक कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ थियो ।

स्टलहरुमा तातो खानादेखि डेजर्ट, गहना, कला, कस्मेटिक र मोबाइलका सामग्रीहरु राखिएका थिए भने १ हजार ५ सय जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?