+
+

वाम गठबन्धन आवश्यक छ, तर कतिपय तयार छैनन् : झलनाथ खनाल

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ८ गते १८:२७

७ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आगामी निर्वाचनमा वामपन्थी र समाजवादी शक्तिहरुको एउटै मोर्चा बनाएर जानुपर्ने बताएका छन् ।

आइतबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्री खनालले देशका वामपन्थी र समाजवादी शक्तिहरुको एउटै मोर्चा बनाएर निर्वाचनमा जाने छलफल भइरहेको बताए ।

‘हामी जम्माजम्मी दुई पटक बसेका छौँ । छलफल जारी छ । हामी यो देशका वामपन्थी र समाजवादी पार्टी, समुहहरु एकतावद्ध भएर एउटा मोर्चा बनाएर चुनावतिर जाउँ भन्नेखालका कुरा सोच्दैछौं । सल्लाह गर्दैछौं’ उनले भने ।

नेता खनालले तत्कालिन आवश्यकता पाँच दलिय गठबन्धनको भए पनि दीर्घकालिन आवश्यकता भने वाम एकता रहेको बताए । वाम एकताको सम्बन्धमा नेकपा एमालेसँग पनि कुराकानी चलेको भएपनि प्रभावकारी भने नभएको उनको भनाइ छ ।

‘आवश्यकताको दृष्टिले सबै वामपन्थीहरु एक ठाउँमा आउनु अहिलेको आवश्यकता हो । तर कतिपय समूह तयार नै छैन । आउने चुनावमा बिल्कुलै सम्मानजनक ढंगले सबैको बीचमा सहमती हुनुपर्ने आवश्यकता छ’ नेता खनालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?