+
+

रोनाल्डोलाई छाड्न युनाइटेडको नयाँ शर्त

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ९ गते १३:५६

९ साउन, काठमाडौं । म्यानचेष्टर युनाइटेडमा क्रिस्टियानो रोनाल्डोको भविष्यबारे नयाँ खबर सार्वजनिक भएको छ । जसअनुसार युनाइटेड आफ्नो सुपर स्टारलाई क्लब छाड्न अनुमति दिन सक्छ तर त्यसका लागि शर्त पूरा गर्नुपर्नेछ ।

पोर्चुगलका रोनाल्डोलाई युनाइटेडले क्लब छाड्नका लागि स्वीकृति दिनका लागि शर्त राखेको छ । युनाइटेडसँगको सम्झौता नवीकरण गरेको खण्डमा मात्र युनाइटेडले उनलाई लोनमा क्लब छाड्न दिनेछ । मिररका अनुसार युनाइटेडको रोनाल्डोको सम्झौता २०२४ सम्मका लागि नवीकरण गर्न चाहन्छ ।

त्यसका बावजुत पनि रोनाल्डो ओल्ड ट्राफोर्ड छाड्न चाहन्छन् । रोनाल्डोले क्लब छाड्न खोज्नुको कारण भने उनको च्याम्पियन्स लिग खेल्ने चाहना नै हो । जुन युनाइटेडमा रहे यस सिजन पूरा हुँदैन ।

युनाइटेडले रोनाल्डोको इच्छालाई पूरा गर्न अनुमति दिन सक्छ तर त्यसको बदला रोनाल्डोले अहिलेको सम्झौतामा नवीकरण गर्नुपर्छ । उनको वर्तमान सम्झौता २०२३ जुनमा सकिनेछ । युनाइटेडको चाहना पनि भविष्यमा फेरि रोनाल्डोले आफ्नै क्लबबाट च्याम्पियन्स लिग खेलोस् भन्ने नै छ ।

नयाँ प्रशिक्षक एरिक टेन हागले क्लबलाई प्रिमियर लिगको शीर्ष चारमा पुर्‍याउन सके रोनाल्डोले त्यो अवसर पक्कै पाउनेछन् । युनाइटेडको नयाँ प्रस्तावबारे रोनाल्डोको एजेन्ट जोर्ग मेन्डेससँग छलफल भएको दी सनले उल्लेख गरेको छ ।

तर रोनाल्डो र उनका एजेन्ट भने यसबाट आश्चर्यमा परेका छन् । तर रोनाल्डोले उक्त प्रस्ताव अस्वीकार गरेका छैनन् । म्यानचेष्टर युनाइटेड रोनाल्डोको क्लब छाड्न चाहनेले निराश बनेको छ ।

रोनाल्डोको सम्झौता नवीकरण गर्न सकेन युनाइटेडलाई स्पोनसरबाट पनि फाइदा पुग्नेछ । हाल युनाइटेड प्रि सिजन टुरमा रहँदा रोनाल्डो टिममा छैनन् । पछिल्लो समय स्पेनिस क्लब एट्लेटिको मड्रिड जाने हल्ला पनि चलिरहेको छ । पारिवारिक कारण देखाउँदै रोनाल्डो क्लबसँग थाइल्याण्ड र अष्ट्रेलिया टुरमा गएनन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?