+
+

जनकपुरधाममा दिउँसै लुटियो २ लाख रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ९ गते १५:५४

९ साउन, जनकपुरधाम । जनकपुरधाममा सोमबार दिउँसो बैंकबाट रकम झिकेर फर्किदै गरेकी एक महिलाको २ लाख रुपैयाँ लुटिएको छ ।

जनकपुरधाम-१ निवासी शर्मिला यादव मिल्स एरियास्थित एभरेष्ट बैंकबाट २ लाख रुपैयाँ झिकेर घरतर्फ जाँदै गर्दा मोटरसाइकलमा आएका दुई जनाले रकम लिएर भागेका छन् ।

साउदीमा रहेका श्रीमान् देवशरणले पठाएको रकम बैंकबाट झिकेर घरतर्फ जान लाग्दा मोनास्टिक स्कुल नजिकै एउटा मोटरसाइकलमा आएका दुई जनाले रकम भएको भोला नै हातबाट लिएर भागेको शर्मिलाले बताएकी छन् ।

उनका अनुसार झोलामा रु. २ लाख, नागरिकता, बैंक सम्बन्धी कागजात र थप ५ सय रुपैयाँ थियो । ‘आफू हिंडिरहेको समयमा एक्कासी आएका उनीहरुले हातबाट झोला लिएर गए,’ शर्मिलाले भनिन्, ‘दुवैले हेलमेट लगाएका थिए ।’

धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले रकम लुटेराहरुको खोजी भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?