९ साउन, काठमाडौं । नेपाल टी-२० लिगको फ्रेन्चाइज टिम लुम्बिनी अल स्टार्सको लोगो सार्वजनिक भएको छ ।
लुम्बिनी अल स्टार्सले सोमबार एक कार्यक्रम गर्दै टिमको आधिकारिक लोगो सार्वजनिक गरेको हो ।
लुम्बिनी अल स्टार्सकाका मालिक सन्जय शर्माले नेपाल टी-२० लिगका लागि उत्साहित रहेको बताए ।
अमेरिकामा रहेका नेपाली र पूर्व खेलाडीहरुले मिलेर यो टिम बनाएका हुन् । लुम्बिनी अल स्टार्सले लुम्बिनी/बुटवल क्षेत्रको प्रतिनिधित्व गर्नेछ ।
नेपाल टी-२० लिगमा ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । नेपाल टी-२० लिग असोज ८ देखि कात्तिक ५ सम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ ।
तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4