+
+

साफ यु-२० मा नेपालको सानदार सुरुवात, माल्दिभ्स ४–० ले पराजित

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ९ गते १८:३६

९ साउन, काठमाडौं । नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गरी नेपालले साफ यु-२० च्याम्पियनसिपमा सानदार सुरुवात गरेको छ ।

भारतको भुवनेश्वरस्थित कालिन्दा रंगशालामा सोमबार भएको खेलमा नेपालले सुरुवात देखि नै माल्दिभ्सलाई दबावमा राखेको थियो । नेपालका लागि दिपेश गुरुङ, सुगम सुवाल, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले गोल गरे । ४२ औं मिनेटमा दिपेश गुरुङले गोल गरेपछि नेपालले पहिलो हाफमा अग्रता बनाएको हो ।

त्यसअघि १० औं मिनेटमा सुमित श्रेष्ठ र १६ औं मिनेटमा कृतिशले गोलको राम्रो अवसर खेर फालेका थिए । कप्तान आयुष घलानले दायाँ कर्नर नजिकैबाट प्रहार गरेको फ्रि किकलाई माल्दिभ्सका गोलरक्षक साहिहान अलीले पञ्च गरेको बललाई दिपेशले बक्स बाहिरबाट सानदार गोल गरे ।

दोस्रो हाफमा नेपालले ३ गोल थप्यो । दोस्रो हाफको ५८ औं मिनेटमा सुगम र त्यसको चार मिनेट पछि कृतिशले पेनाल्टीमार्फत गोल गरेका हुन् ।

माल्दिभ्सका हुुसेन सादिनले कप्तान आयुषलाई बक्सभित्र फल गरेपछि नेपालले पेनाल्टी पाएको हो । इन्जुरी समयको अन्तिम मिनेटमा मनग्य नकर्मीले नेपाललाई ४–० को जित निश्चित गराए । नेपालले प्रतियोगिताको आफ्नो दोस्रो खेल बुधबार श्रीलंकासँग खेल्ने छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?