+

हिमालयन जाभा बास्केटबल लिग : गोल्डेनगेटमाथि टाइम्सको रोमाञ्चक जित

२०८२ वैशाख  २१ गते २१:३६ २०८२ वैशाख २१ गते २१:३६
हिमालयन जाभा बास्केटबल लिग : गोल्डेनगेटमाथि टाइम्सको रोमाञ्चक जित

२१ बैशाख, काठमाडौं । हिमालयजन जाभा बास्केटबल लिग (एचजेबीएल) अन्तर्गत आइतबार भएको एक मात्र खेलमा टाइम्स बास्केटबल क्लबले गोल्डेनगेट बास्केटबल क्लबमाथि रोमाञ्चक जित हात पारेको छ ।

कीर्तिपुर कभर्डहलमा भएको खेलमा अन्तिम क्वाटरमा उत्कृष्ट प्रदर्शन गर्दै टाइम्सले गोल्डेनगेटलाई ७६-७१ को अन्तरले पराजित गरेको छ ।

तेस्रो क्वाटरसम्म गोल्डेनगेट ५१-५० ले अघि थियो । तर चौथो क्वाटरमा टाइम्सले उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्यो ।

पहिलो क्वाटरमा टाइम्सले २१-११ को अग्रता बनाएको थियो । तर दोस्रो क्वाटर २४-१३ ले आफ्नो पक्षमा पारेपछि हाफ टाइममा गोल्डेन गेटले ३५-३४ को अग्रता बनायो ।

तेस्रो क्वाटरमा दुवैले १६-१६ अंक स्कोर गर्दा गोल्डेनगेट अझै अघि थियो । तर चौथो क्वाटर २६-२० ले आफ्नो पक्षमा पार्दै टाइम्सले लिगमा विजयी सुरुवात गर्‍यो ।

टाइम्सको जितमा महत्वपूर्ण योगदान गरेका सदिश प्रधान एमभिपी घोषित भए ।

गोल्डेनगेट बास्केटबल क्लब टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय