+
+

आरजु देउवाले के को शल्यक्रिया गराएकी हुन् ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ९ गते २०:४०

९ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाको शल्यक्रिया गरिएको छ ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी आरजु सोमबार सामाजिक सञ्जालमार्फत दिल्लीस्थित म्याक्स अस्पतालमा आफ्नो शल्यक्रिया सफल भएको जानकारी दिएका हुन् ।

तर केको शल्यक्रिया गरिएको भन्ने खुलाएकी छैनन् । निकटवर्तीहरुका अनुसार आरजुले पाठेघरको मुखको क्यान्सरको आशंकामा परीक्षण गराए पनि पुष्टि भएन ।

तर, चिकित्सकले पाठेघर निकाल्न उपयुक्त हुने सुझाव दिएपछि पाठेघर निकालिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

 

केही समययता आरजुले पटकपटक दिल्ली भ्रमण गरेकी थिइन । उनको भ्रमणलाई लिएर बिभिन्न प्रश्न उठिरहेका बेला उनको शल्यक्रियाको खवर बाहिर आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?