+
+

भाइरल ज्वरो बढेपछि घोराहीका निजी विद्यालय चार दिन बन्द

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ९ गते २०:४२

९ साउन, दाङ । दाङको घोराही क्षेत्रका संस्थागत विद्यालय चार दिनलाई बन्द गरिएको छ ।

पछिल्ला समय भाइरल ज्वरोका विरामी बढ्दै गएपछि घोराही क्षेत्रका निजी तथा आवासीय विद्यालय साउन १० गते मंगलबारदेखि शुक्रबारसम्म बन्द गर्ने निर्णय गरिएको प्याब्सन घोराहीका नगर अध्यक्ष बिरेन्द्र चन्दले जानकारी दिए ।

बढ्दो भाइरल सरुवा रोग विद्यार्थीहरु माझ तीव्र रुपमा फैलने सक्ने जोखिम बढेपछि घोराही प्याव्सन अर्न्तगतका संस्थागत विद्यालयहरु साउन १४ गतेसम्म बिदा गर्न लागिएको उनले बताए । जिल्लामा पछिल्ला महिना भाइरल ज्यारोका विरामी बढ्दै गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?