+
+

एटीएम मेसिन फुटाउँदै गर्दा २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १० गते १३:३५

१० साउन, वीरगञ्ज । प्रहरीले वीरगञ्जमा एटीएम मेसिन फुटाएर चोरी गर्न खोज्ने दुई जनालाई पक्राउ गरेको छ ।

बाराको कलैया उपमहानगरपालिका बस्ने २७ वर्षीय राजकपुर चौधरी र जीतपुरसिमरा उपमहानगरपालिका- ५ बस्ने २५ वर्षीय अजय चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

साउन ८ गते राति १०ः५३ बजेतिर वीरगञ्ज महानगरपालिका-८ स्थित माछापुच्छ्रे बैंकको एटीएम मेसिन फुटाउँदै गर्दा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।

एटीएम मेसिन फुटाउँदै गरेको छ भन्ने जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले फुटाउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूविरुद्ध चोरी सम्बन्धी कसुरमा साउन ९ गते पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?