+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

५ करोड घुस आरोपमा जवाफ दिन डा. चौरासियालाई स्वास्थ्य राज्यमन्त्रीले बोलाए

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १० गते १४:१४

१० साउन, काठमाडौं । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियालाई आर्थिक अनियमितता गरेको आरोपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिर ताकेता गरिएको छ ।

५ करोडभन्दा बढी घुस लिएको आरोप लागेपछि मंगलबार स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले पत्र लेखेर ५ बजेभित्र मन्त्रालय हाजिर हुन निर्देशन दिएका छन् ।

१० औं तहका डा. चौरासियाले १० अर्बको औषधी उपकरण खरिदमा व्यापक अनियमितता गरेको, ५० लाख रुपैयाँ लेनदेनमा सरुवा गरेको, ५ करोडभन्दा बढी घुस लिएको आरोप लागेको छ ।

यसैगरी, लुम्बिनी र हस्पिटेक इन्टरप्राइजेजलाई ८० प्रतिशत ठेक्का अनियमित तरिकाले दिएको र ०.५ प्रतिशत कमिसन आफूलाई भनेर लिने गरेको पत्र काटेर मन्त्रालयमा उपस्थित हुन निर्देशन दिइएको हो ।

‘आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियाले १० अर्बको औषधि उपकरण खरिदमा व्यापक अनियमितता गरेको, ५० लाख रुपैयाँको लेनदेनमा सरुवा गरेको, ५ करोड भन्दा बढी घुस लिएको भनेर विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएको छ’, मन्त्रालयले काटेको पत्रमा भनिएको छ, ‘यस विषयमा मन्त्रालयको गम्भीर ध्यानकर्षण भएकोले वास्तविकता के भएको हो भन्ने विषयमा मन्त्रालय उपस्थित भई जवाफ दिन निर्देशन गराइन्छ ।’

विगत लामो समयदेखि खरिद र आपूर्ति शाखामा रहँदै आएका डा. चौरासिया खरिदसँग जोडिएर पटक—पटक आर्थिक अनियमिततामा तानिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?