+
+

क्यान्सर उपचारपछि काठमाडौं फर्केका प्रदीप गिरि फेरि मेडिसिटी भर्ना

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १० गते १७:१७

१० साउन, काठमाडौं । भारतको मुम्बईमा क्यान्सर उपचारपछि काठमाडौं फर्केका नेपाली कांग्रेसका नेता प्रदीप गिरि फेरि ललितपुरको मेडिसिटी अस्पताल भर्ना भएका छन् । दुई दिनअघि काठमाडौं फर्केका उनमा निमोनिया देखिएसँगै मेडिसिटी भर्ना भएका हुन् ।

उनीसँग निकट रहेका पत्रकार किशोर नेपालले अनलाइनखबरलाई दिएको जानकारी अनुसार गिरिको स्वास्थ्यमा सामान्य समस्यामात्रै देखिएको हो । ‘उहाँ सम्भवतः भोलि नै डिस्चार्ज हुन सक्नुहुन्छ भन्ने थाहा भएको छ,’ नेपालले भने ।

कांग्रेस सांसदसमेत रहेका चिन्तक प्रदीप गिरि केही समययता अस्वस्थ रहँदै आएका थिए । शारीरिक अस्वस्थताकै कारण कांग्रेसको पछिल्लो महाधिवेशनमा उनी सक्रिय रुपमा सहभागी भएनन् ।

सुरुमा उनको घाँटीमा समस्या देखिएको थियो । त्यसपछि उनी हिन्दुजा अस्पतालमा भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?