+
+

प्रशान्त तामाङलाई पुत्रीलाभ, छोरीको नाम राखे ‘आरिया’

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ११ गते १२:२९

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङलाई यस वर्ष दुईवटा शुभ खबर छन् । उनी अभिनित फिल्म ‘परदेशी २’ दशैं छेकोमा रिलिज हुँदैछ ।

अर्को खबर, उनी बुवा बनेका छन् । प्रशान्त र पत्नी मार्था एलीले पहिलो सन्तानको रुपमा पुत्रीलाई जन्म दिएका छन् । आफू बुवा बनेको खबर सामाजिक सञ्जालबाट जानकारी गराउँदै प्रशान्तले खुसी बाँडेका छन् ।

छोरीको नाम पनि उनले आरिया राखेका छन् । पर्सियन भाषामा आरियाको अर्थ ‘नयाँ’ र अल्बानियाली भाषामा बहुमूल्य धातु सुन र खजाना भन्ने हुन्छ ।

‘मेरी सानी राजकुमारीलाई संसारमा स्वागत छ । सबैलाई माया र शुभेच्छाका लागि धन्यवाद,’ उनले लेखेका छन् । इण्डियन आइडल सिजन ३ का विजेता समेत रहेका प्रशान्त र एयर होस्टेस समेत रहेकी मार्थाले तीन वर्षअघि विवाह गरेका थिए ।आफू अभिनित पछिल्लो फिल्म ‘परदेशी २’ प्रचारप्रसारका लागि प्रशान्त दशैंअघि काठमाडौंमा आउने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?