+
+

फिलिपिन्समा शक्तिशाली भूकम्प, ४ जनाको मृत्यु, ६० जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ११ गते १३:०५

११ साउन, काठमाडौं । फिलिपिन्समा गएको शक्तिशाली भूकम्पमा परेर कम्तिमा पनि ४ जनाको मृत्यु भएको छ । ६० जना भन्दा धेरै घाइते भएका छन् ।

उत्तरी लुजोन टापुमा केन्द्रबिन्दु बनाएर बिहान ७ म्याग्निच्युटको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

भूकम्पबाट लुजोन टापुको अब्रा प्रान्त सबैभन्दा धेरै प्रभावित भएको छ । उद्धारकर्ताहरुले भत्किएका संरचनामा पुरिएकाहरुको खोजी तथा उद्धार जारी राखेका छन् ।

भूकम्पको धक्का जापान, ताइवान र चीनमा समेत महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?