+
+

केकी र आँचल अभिनित फिल्म ‘झिंगेदाउ’को गीत ‘ईश्वरसँग पनि’ रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ११ गते १६:३०

काठमाडौं । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिंगेदाउ’को दोस्रो लिरिकल गीत ‘ईश्वरसँग पनि’ सार्वजनिक भएको छ । अर्जुन पोखरेलद्वारा संगीतबद्ध तथा प्रमोद ढुंगानाको शब्द रचना रहेको गीतमा कमल खत्री र अस्मिता अधिकारीको स्वर छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको लिरिकल भिडियोमा कलाकारहरु केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल, कुशल विष्ट र हिउँवाला गौतमलाई देख्न सकिन्छ ।

फिल्ममा केकी र आँचल जेठानी देवरानीको भूमिकामा छन् । यसअघि सार्वजनिक फिल्मको गीत ‘आगोबिना बिंडी जल्दैन’ले दर्शकबाट राम्रो प्रतिक्रिया प्राप्त गरेको छ ।

कपनगढी फिल्म र फिल्म क्रिउ नेपालको ब्यानरमा निर्माण भएको फिल्ममा संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुसालको समेत अभिनय छ ।

भीमनिधि तिवारीद्वारा लिखित कथा ‘झिंगेदाउ’मा आधारित फिल्मको पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । विष्णु कल्पितको छायांकन रहेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका हुन् ।

भदौ १७ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा केकी र आँचलले पहिलोपटक एकसाथ पर्दा सेयर गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?