+
+

सद्‍गुरुसँग अन्तर्वार्ता गर्न भारत जाँदै राजेश हमाल

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ११ गते १८:२१

काठमाडौं । आध्यात्मिक सेलिब्रिटी सद्‍गुरु र फिल्म अभिनेता राजेश हमाललाई दर्शकले अब एउटै स्क्रिनमा हेर्न पाउने भएका छन् ।

भारतीय योग तथा आध्यात्मिक गुरुको निम्तोमा हमाल भदौ ९ गते भारतको तमिलनाडुस्थित कोइमबतुर प्रस्थान गर्नेछन् जहाँ उनले सद्गुरुसँग टक शो गर्नेछन् । यो प्रतीक्षित टक शो सद्गुरु आश्रममा हुनेछ ।

भदौ ११ गते छायांकन हुने टक शोमा हमाल र सद्‍गुरुबीच नेपाल र भारतबीचको मित्रता, संस्कृति र अध्यात्म लगायत विषयमा कुराकानी हुनेछ । भीवाईएफ टक शोले योसँगै वैश्विक सेलिब्रिटीसँग ‘कन्भर्सेसन’ पनि थालनी गर्दैछ ।

यो संवाद यात्राको सुरुवात हमाल र सद्‍गुरुबाट हुन लागेको भीवाईएफका प्रमुख दशरथ सुनारले जानकारी दिए । हमालले गत महिना काठमाडौंमा भीवाईएफ फिल्म स्कुल तथा कलेजको पनि उद्घाटन गरेका थिए ।

धेरैअघिदेखि सद्‍गुरु र हमालबीचको संवादका लागि पहल भएको थियो । तर यसैसाता सद्‍गुरुले औपचारिक रुपमै हमाललाई संवादको निम्तो दिएका हुन् । गत वर्ष सद्गुरु मानवसरोवर दर्शनको लागि काठमाडौं हुँदै हुम्ला समेत पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?