+
+

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ३० अर्ब बजारमा पठाउँदै 

बैंकिङ प्रणालीमा तरलता अभाव भएपछि राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ तरलता बजारमा पठाउने भएको छ । बिहीबार ७ दिन अवधिको रिपो जारी गर्दै तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले उक्त रकम वित्तीय बजारमा पठाउन लागेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ११ गते २०:०३

११ साउन, काठमाडौं । बैंकिङ प्रणालीमा तरलता अभाव भएपछि राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ तरलता बजारमा पठाउने भएको छ । बिहीबार ७ दिन अवधिको रिपो जारी गर्दै राष्ट्र बैंकले उक्त रकम वित्तीय बजारमा पठाउन लागेको हो ।

बैंकहरुमा तरलताको समस्या भएपछि रिपो मार्फत तरलता व्यवस्थापन गर्न वित्तीय बजारमा उक्त रकम पठाउन लागेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् । मंगलबार बैंकहरुले १ खर्ब ४६ अर्ब ४७ करोड स्थायी तरलता सुविधा प्रयोग गरेका छन् ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत अन्तर बैंंक ब्याजदर नीतिगत दरभनदा २ प्रतिशत तलमाथि भए मात्रै रिपो र रिभर्स रिपो मार्फत राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्ने बताएका छ ।

मौद्रिक नीतिले नीतिगत ब्याजजदर ७ प्रतिशत बनाउन बताएका छ । मंगलबारको बैंकहरुको औसत अन्तरबैंक ब्याजदर साढे ८ प्रतिशत रहेको छ । मौद्रिक नीतिमा उल्लेख भएका व्यवस्था परिपत्र आएपछि मात्रै कार्यन्वयनमा जाने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?