+
+

सीटीईभीटीले माग्यो प्रि-डिप्लोमा तहमा छात्रवृत्ति आवेदन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १२ गते १२:५३

१२ साउन, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) ले शैक्षिक सत्र २०७९/८० का लागि प्रि–डिप्लोमा तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा आवेदन माग गरेको छ ।

सीटीईभीटीले प्रि–डिप्लोमा तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा एक हजार ८१४ कोटाको प्रवेश परीक्षाका लागि आवेदन माग गरेको हो ।

शैक्षिक सत्र २०७९/०८० मा ‘प्रि–डिप्लोमा तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धी निर्देशिका २०७९’ बमोजिम परिषद्बाट सञ्चालन सम्बन्धन/स्वीकृति प्राप्त आंगिक, साझेदारी, टेक्स तथा निजी शिक्षालयहरूमा निर्धारण गरिएका वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा भर्नाका लागि आवेदन माग गरेको हो ।

इच्छुक विद्यार्थीले साउन २९ गतेभित्र न्यूनतम योग्यता पुगेका आवेदकहरूले अनलाइनबाट प्रवेश परीक्षा शुल्क तिरी अध्ययन गर्ने शिक्षालयहरू प्राथमिकीकरण र परीक्षा केन्द्रको जिल्ला छनोट गरी फारम भर्न सूचित गरेको छ ।

निर्देशिका अनुसार प्रत्येक शैक्षिक संस्थामा अध्यापन गराउने २० स्वीकृत कोटा पाएको शिक्षण संस्थाले प्रत्येक शैक्षिक कार्यक्रममा एक, ३० सिट पाएकाले प्रत्येक शैक्षिक कार्यक्रममा दुई, ४० पाएकालेले तीन र ४८ सिट पाएका शैक्षिक संस्थाले हरेक कार्यक्रमका लागि ४ सिट छात्रवृत्तिका लागि छुट्याउनु पर्नेछ ।

हेर्नुस् सूचना 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?