+
+

काठमाडौं महानगरले फोहोरमैला व्यवस्थापन गर्न ६५ करोडको उद्योग खोल्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १२ गते १४:००
फाइल तस्वीर

१२ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्न आधुनिक उद्योग खोल्ने भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट अनुसार महानगरले ६५ करोडको लगानीमा आधुनिक उद्योग खोल्ने भएको हो ।

फोहोरलाई मल बनाउनका लागि महानगरले कच्चा पदार्थ खरिद तथा व्यवस्थापनका गर्न २५ करोड खर्च गर्ने भएको छ ।

फोहोरमैला व्यवस्थापनका लागि मात्रै महानगरले चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ खर्च गर्ने भएको छ । महानगरले आन्तरिक स्रोतबाट खर्च गर्ने गरी डोजर, लोडर र गाडी भाडाका लागि बजेट विनियोजन गरेको हो ।

बञ्चरेडाँडामा फोहोर बोकेको गाडी धुनका लागि वासिङ सेन्टर निर्माण गर्न पनि महानगरले १ करोड बजेट छुट्टयाएको छ ।

महानगरले घर–घरमै कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउन सहुलियतमा कम्पोष्ट विन वितरण गर्ने भएको छ । जसका लागि महानगरले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?