+
+

दलहरूले प्रत्यक्षमा महिला उम्मेदवारलाई प्राथमिकता दिनुपर्छ : उपसभामुख भुसाल

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १२ गते १४:१३

१२ साउन, काठमाडौं । उपसभामुख पुष्पा भुसालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दलहरुले प्रत्यक्षतर्फ महिला उम्मेदवारलाई प्राथमिकता दिनुपर्ने बताएकी छन् ।

संघीय संसद सचिवालयले आयोजना गरेको ‘निर्वाचन प्रणाली र महिला सहभागिता’ विषयक कार्यक्रममा उनले दलहरुले बढी भन्दा बढी महिला नेतालाई प्रत्यक्षमा उठाएर महिलालाई हेर्ने समाजको मनोवैज्ञानिक दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताएकी हुन् ।

पूर्वसभामुख ओनसरी घर्तीले पनि प्रत्यक्षतर्फ महिला उम्मेदवारलाई जोड दिनुपर्ने धारणा राखिन् । ‘आउने पुस्तालाई हामीले महिलाहरु विशेष आरक्षण खाएर आएका छन भन्ने सन्देश दिदै छौं कि ! यसलाई तोड्नुपर्छ । यसकारण प्रत्यक्षमा जोड दिनुपर्ने हुन्छ’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?