+
+

त्रिविले एक वर्षसम्म दिएन स्नातक पहिलो वर्षको नतिजा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १२ गते १६:१३

१२ साउन, काठमाडौं । २०७८ साउनमा भएको स्नातक प्रथम वर्षको परीक्षाको नतिजा त्रिभुवन विश्वविद्यालयले अझै सार्वजनिक गरेको छैन ।

नतिजा सार्वजनिक नहुँदा विद्यार्थी अन्योलमा परेका छन् । परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने नतिजा सार्वजनिक हुने क्रममा रहेको र कतिपय विषयको सार्वजनिक हुन थालेको बताए ।

उनले भने, ‘कतिपय विषयको सार्वजनिक भइरहेका छन् । सम्भवत साउन महिनाभित्र सार्वजनिक भइसक्छन् ।’ विविध समस्याले गर्दा समयमा नतिजा प्रकाशन गर्न ढिलाइ भइरहेको बताए ।

कोभिड–१९ महामारीका कारण स्नातक तहको तेस्रो वर्षको परीक्षा सरेर चैतमा मात्रै भएको थियो । तेस्रो वर्षको नतिजा पनि अझै सार्वजनिक हुन सकेको छैन ।

स्नातक तेस्रो वर्षको नतिजा अझै नआउँदा स्नातकोत्तर तहको पहिलो सेमेष्टर फागुनभित्र भर्ना हुनुपर्ने अझै पनि हुन सकेको छैन । त्यसैले त्रिवि अन्तर्गतका क्याम्पस तथा विभागहरुको स्नातकोत्तर तहको पहिलो सेमेष्टर विद्यार्थी विहीन रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?