 
																			१२ साउन, चितवन । चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक बालकको मृत्यु भएको घटनालाई लिएर पीडित पक्षले उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई अस्पताल भित्रै थुनेका छन् ।
पीडित पक्षले उपचारमा चिकित्सक तथा नर्सहरुले लापरवाही गरेको आरोप लगाएका छन् । भरतपुर महानगरपालिका वडा नं.१५ का एक बालकको उपचार क्रममा लापरबाही गरेको भन्दै आफन्तले अस्पतालका शिशु वार्डका डाक्टर, नर्स र पारामेडिक्स गरी १२ जनालाई उनीहरुकै कक्षमै थुनिदिएका हुन् ।
शोभा लम्साल र राम लम्सालको ३ महिनाको छोरा बिरामी भएपछि उपचारका लागि बिहीबार बिहान १० बजे अस्पतालमा ल्याइएको थियो । तर, उपचारको क्रममा बालकको दिउँसो ३ बजे मृत्यु भएको थियो ।
पीडित परिवारले समयमा नै चिकित्सकले उपचार नगर्दा बालकको मृत्यु भएको जनाएका छन् । उपचार छाडेर नर्सहरु वार्डमा नै नर्सहरु जन्मदिन मनाउन लागेको मृतक शिशुको आफन्तले आरोप लगाएका छन् ।
अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले दूध सर्किएर बच्चाको मृत्यु भएको बताए । अस्पतालका बाल चिकित्सक डा. ओमकृष्ण पाठकले शिशुलाई बचाउन सक्दो प्रयास गरेको तर नसकेको बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4