+
+

कारोबारमै नरहेको रिलायन्सको सेयर मूल्यमा कसरी लाग्यो सकारात्मक सर्किट ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १३ गते १३:२१

१३ साउन काठमाडौं । मर्जर सम्झौता गरेपछि कारोबार रोक्का रहेको रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर शुक्रबार नेप्सेमा कारोबार भएको छ ।

कम्पनीको सेयर मूल्य ३३.५० रुपैयाँ (१० प्रतिशत) ले बढेर सकारात्मक सर्किट लागेपछि मात्रै त्यसमा सबैको ध्यान पुगेको हो । असार अन्तिम साता कम्पनीले सानिमा लाइफ इन्स्योरेन्ससँग मर्जर सम्झौता गरेपछि कारोबार रोक्का भएको थियो ।

कम्पनीको फ्लोरसिट हेर्दा ६१० कित्ता सेयर किनबेच हुँदा २ लाख २४ हजार १२६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कम्पनीको सेयर कसरी कारोबार भएको भन्ने अध्ययन भइरहेको र त्यसपछि मात्रै शुक्रबारको कारोबार के हुन्छ भन्ने निर्णय हुने नेप्सेका प्रवक्ता मुराहरी पराजुली बताउँछन् । प्राविधिक त्रुटिका कारणले नै कम्पनीको कारोबार भएको भएपनि कसरी उक्त त्रुटि भयो भन्ने अध्ययन भइरहेको उनले बताए ।

नेप्सेका अर्का एक अधिकारी भने शुक्रबारको उक्त कारोबार रद्द हुने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?