+
+
विशेष समितिको निष्कर्ष :

सीसीटीभी जडान गर्ने सम्पूर्ण सरकारी निकायले नियमको पालना गरेनन्

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १३ गते १४:३४

१३ साउन, काठमाडौं । संसदीय विशेष समितिले सीसीटीभी जडान गर्ने सम्पूर्ण सरकारी निकायले नियमको पालना नगरेको निष्कर्ष निकालेको छ ।

करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रवेश भएको भनी उठेको प्रश्नबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज मगाएको थियो । तर, १३ दिनमा डिलिट भएको जवाफ पाएको थियो । डिलिट भएको सीसीटीभी फुजेट रिकभर गर्दा पनि प्रष्ट नभएको समिति सदस्यहरुले बताएका थिए ।

साथसाथै सिंहदरवार प्रवेश गर्ने दक्षिण र पश्चिम गेटको सीसीटीभी पनि मगाएको थियो । गृह मन्त्रालयले पनि १६ दिनमा सीसीटीभी फुटेज स्टोरेज रहने भनेको थियो ।

यही परिवेशमा समितिले सीसीटीभी जडान गर्ने सम्पूर्ण सरकारी निकायले नियमको पालना नगरेको निष्कर्ष निकालेको हो ।

‘सीसीटीभी जडान तथा सञ्चालन निर्देशिका, २०७२ लाई अर्थ मन्त्रालय र निर्देशिका जारी गर्ने गृह मन्त्रालय समेतले पूर्ण रूपमा पालना नगरेको देखिएकाले सीसीटीभी जडान गर्ने सम्पूर्ण सरकारी निकायले अनिवार्य रूपमा पालना गर्नु पर्दछ’, निष्कर्ष तथा सुझाव खण्डमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?