+
+

भन्सार छलेको आशंकामा ६० लाखको सामान बरामद

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १३ गते १७:५८

१३ साउन, वीरगञ्ज । वीरगञ्जबाट सशस्त्र प्रहरीले भन्सार छलीको आशंकामा सामान सहितको ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज–१४ गण्डक चोकबाट सशस्त्र प्रहरीले ना ६ ख ९९०५ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले ६० लाखभन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामाग्री बरामद गरेको सशस्त्र प्रहरी बल १३ नं. गणका प्रमुख प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए ।

उनका अनुसार ट्रकमा बिलबिजकमा उल्लेख गरिएको भन्दा फरक इलेक्ट्रोनिक्स सामान, औषधीलगायतका सामग्री थियो । ट्रकको मुल्य ३० लाख रुपैयाँ र सामग्रीको मुल्यांकन ६० लाख ७५ हजार ४ सय १६ रुपैयाँ गरिएको छ ।

सामग्री सहितको ट्रक आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?