+
+

लुटेरालाई छुटाउन अर्को लुटपाट !

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १४ गते १३:१६

१४ साउन, काठमाडौं । चाबहिलको सरस्वती नगरमा ५४ वर्षीय महिलालाई बाँधेर लुटपाट गरिएको घटनामा संलग्न चार जना पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वर र प्रहरी वृत्त, गौशालाको संयुक्त टोलीले घटनामा संलग्न जोरपाटीका भूपाल श्रेष्ठ, सिन्धुपाल्चोकका कल्याणकुमार सुवेदी, कविर कुँवर र उत्तम तामाङलाई पक्राउ गरेको हो ।

गौशालाका प्रहरीका डीएसपी केशव भट्टराईले उनहिरुलाई उपत्यकाका विभिन्न ठाउँबाट खोजतलास गरेर पक्राउ गरिएको अनलाइनखबरलाई बताए । उनका अनुसार घटना गत आइतबारको हो । सुनभागा टोल नजिक बस्ने ती महिलालाई उनीहरूको समूहले कुटपिट गरेर लगाएको सुरुवालसमेत खोलेर त्यसैले बाँधेर लुटपाट गरेको थियो ।

उनका साथबाट कानको बाला, सुनको सिक्री, घडी, मोबाइल र नगदसमेत लुटिएको थियो । घटनापछि उनले प्रहरी कहाँ जाहेरी दिएकी थिइन् । त्यसक्रममा चोरीको सामान खरिद गर्ने व्यक्ति पनि पक्राउ परेका छन् ।

पक्राउ गरेपछि बयान दिँदै घटनाका मुख्य योजनाकार तामाङले आफ्नो ज्वाइँसहित  तीनजनाको टोली बौद्धमा पक्राउ परेकाले उनीहरूलाई छुटाउन लुटपाट गरेको बयान दिएका छन् ।

अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘ज्वाइँको टोली पनि लुटपाटमै संलग्न रहेछ, उनीहरूलाई अदालती प्रक्रिया र हिरासतमा रहँदा खानपिनका लागि पैसा जोहो गर्नुपर्ने भएकाले लुटेको बयान दिएका छन् ।’

उनका ज्वाइँ र उनीहरू सबैविरूद्ध प्रहरी अहिले अभद्र व्यवहारको कसूरमा मुद्दा चलाइरहेको छ । थप अनुसन्धान भइरहेको डीएसपी भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?