+
+

अमेरिकी राष्ट्रपति बाइडन फेरि पनि कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १५ गते ६:००

१५ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडन पुनः कोरोना संक्रमित भएका छन् । उनका डाक्टरहरुले यसलाई ‘रिबाउन्ड इन्फेक्सन’ भनेका छन् ।

राष्ट्रपति बाइडनमा सबैभन्दा पहिले २१ जुलाईमा कोरोनाबाट संक्रमण पुष्टि भएको थियो । उनमा कोरोना संक्रमणको सामान्य लक्षणहरु थिए ।

त्यसपछि गत मंगलबारदेखि शुक्रबारसम्म चार पटक गरिएका परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । तर अहिले फेरि बाइडनमा कोरोना संक्रमण देखिएको बीबीसीले जनाएको छ ।

उनले आफूमा कोरोना संक्रमणका कुनै लक्षण नदेखिए पनि आफू आइसोलेसनमा रहने बताएका छन् । बाइडनका डाक्टरहरुले उनलाई उपचारको आवश्यकता अहिलेसम्म नदेखिएको तर नजिकबाट निगरानीमा राखिएको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?