+
+

त्रिवि सेवा आयोगको ताला खोल्न माग गर्दै अनेरास्ववियुको प्रदर्शन

प्राध्यापक र सह-प्राध्यापकको अन्तर्वार्ता सञ्चालनको माग गर्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको कार्यालयबाहिर प्रदर्शन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १५ गते १२:५०

१५ साउन, काठमाडौं । प्राध्यापक र सह-प्राध्यापकको अन्तर्वार्ता सञ्चालनको माग गर्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको कार्यालयबाहिर प्रदर्शन गरेको छ ।

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले गरेको तालाबन्दीका कारण सेवा आयोगको काम ठप्प छ । आइतबार अनेरास्ववियूका विद्यार्थीले सेवा आयोगको समस्या वार्ताद्वारा समाधान गर्न र तत्काल ताला खोल्न माग गर्दै प्रदर्शन गरेको हो ।

अनेरास्ववियुका केन्द्रीय कमिटी सचिवालय सदस्य तथा त्रिवि इन्चार्ज मदन विष्टले सेवा आयोगमा ताला लाग्दा प्राध्यापक र सहप्राध्यापकको पूर्वनिर्धारित परीक्षा सञ्चालनको माग गर्दै प्रदर्शन गरेको बताए ।

नेविसंघले सेवा आयोगले त्रिविलाई एमालेको भर्ती केन्द्र बनाउन खोजेको आरोप लगाउँदै पूर्वनिर्धारित परीक्षा स्थगित नगरेसम्म आयोगका अध्यक्ष लालुप्रसाद पौडेललाई कार्यालय प्रवेश गर्न नदिने भन्दै साउन १३ गते तालाबन्दी गरेको छ ।

त्रिवि सेवा आयोगले साउन १५, १६ र १७ गते आन्तरिक बढुवा तर्फको प्राध्यापक र सहप्राध्यापकको अन्तर्वार्ता सञ्चालन गर्ने मिति तय गरेको थियो । तर, नेविसंघको तालाबन्दीको कारण अन्तर्वार्ता हुन नसकेपछि अनेरास्ववियुले त्रिवि सेवा आयोगको ताला तत्काल खोल्न र निर्धारित प्राध्यापकको अन्तर्वार्ता सुरु गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?