+

बायर्नले जित्यो जर्मन सुपर कप उपाधि

२०७९ साउन  १५ गते १७:५१ २०७९ साउन १५ गते १७:५१
बायर्नले जित्यो जर्मन सुपर कप उपाधि

१५ साउन, काठमाडौं । बायर्न म्युनिखले आरबी लाइपजिगलाई ५-३ ले पराजित गर्दै जर्मन सुपर कपको उपाधि जितेको छ ।

शनिबार राति भएको रेड बुल एरिनामा भएको फाइनलमा बायर्नका लागि जमल मुसियाला, साडियो माने, बेन्जामिन पाभर्ड, जर्सी जिनाब्री र लरे सानेले एक एक गोल गरे ।

लाइपजिगका मार्सल हाल्स्टेनबर्ग, क्रिस्टोफर एनकुकू र डानी ओल्मोले एक एक गोल गरे ।

जर्मन बुण्डेसलिगाको नयाँ सिजनअघि लिग च्याम्पियन र जर्मन कपको विजेताबीच यो खेल हुँदै आएको छ ।

बायर्नले गत सिजन लिग जित्दा लाइपजिगले जर्मन कपको उपाधि जितेको थियो । बुण्डेसलिगाको नयाँ सिजन अगष्ट ५ मा सुरु हुने छ ।

 

बायर्न म्युनिख

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय