+
+

टरीगाउँ विमानस्थलको इन्धन डिपोमा तालाबन्दी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १५ गते १८:४५

१५ साउन, दाङ । दाङको टरिगाउँ विमानस्थलमा विमानमा इन्धन भर्ने ‘रिफ्युलर’ अन्यत्र लैजान खोजेपछि हवाई इन्धन डिपोको गेटमा तालाबन्दी गरिएको छ ।

टरिगाउँ विमानस्थलमा दुई महिनाअघि ल्याइएको रिफ्यूलरलाई सरकारले फिर्ता लैजान खोजेपछि रिफ्युलर र इन्धन डिपो राखिएको गेटमा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीसहित तुलसीपुर उद्योग वाणिज्य संघको टोलीले तालाबन्दी गरेका हुन् ।

दाङको टरीगाउँ विमानस्थलमा इन्धनका लागि दुई महिनाअघि मात्र ल्याइएको ११ हजार लिटर क्षमताको रिफ्युलर अन्यत्र लैजाने तयारी गरेपछि स्थानीय वासिन्दा, तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधिले विरोध गर्दै आएका थिए ।

एरपोर्टमा नियमित हवाई सञ्चालन लागि राखिएको बाउजर फिर्ता लैजानु खोज्नु षड्यन्त्रपूर्ण भएको उपमेयर चौधरीले बताइन् । उपमेयर चौधरीले जनताको चाहना विपरीत रिफ्युलर लैजान खोजे कडा आन्दोलन गर्ने चेतावनी दिइन् ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले हवाई इन्धन डिपो कार्यालय दाङलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र मार्फत रिफ्यूलर अन्यत्र नलैजान ध्यानाकर्षण गराइएको छ । रिफ्यूलर अन्यत्र लैजान खोजे सशक्त आन्दोलन गर्ने ज्ञापनपत्र मार्फत चेतावनी दिइएको छ ।

२०११ सालमा स्थापना भएको टरिगाउँ एयरपोर्टमा इन्धन डिपो नहुँदा नियमित उडान हुन सकिरहेका छैन । सरकारले टरिगाउँ विमानस्थलको रिफ्यूलर धनुषामा लैजान खोजेको भन्दै दाङमा विरोध भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?