+
+

अर्थमन्त्री शर्माको स्वागतमा सचिव मरासिनी अनुपस्थित

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १५ गते १८:४६

१५ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको स्वागतमा अर्थसचिव मधुकुमार मरासिनी अनुपस्थित रहे । अर्थमन्त्री शर्मा दोस्रो पटक मन्त्रालयमा मन्त्रीका रुपमा पदभार ग्रहण गर्दा सचिव मरासिनी भने अनुपस्थित भएका हुन् ।

सामान्यतया मन्त्रीलाई विभागीय प्रमुखको हैसियतमा सचिवले स्वागत गर्ने प्रचलन रहेको छ । सचिव मरासिनीको अनुपस्थितिमा राजश्व सचिव कृष्णहरि पुस्करले अर्थमन्त्री शर्मालाई स्वागत गरेका छन् । स्रोतका अनुसार सचिव मरासिनी पोखरा पुगेका छन् ।

मन्त्रालयमा सचिव मरासिनीले उपस्थिति हुने जानकारी गराए पनि अन्तिम समयसम्म पनि उनी देखिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?