+
+

गाउँपालिका कार्यालयमा अध्यक्षकी श्रीमतीलाई भान्सेको जागिर

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १५ गते २१:१५

१५ साउन, अछाम । अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउदले श्रीमती जयसरालाई गाउँपालिका कार्यालयमा भान्से पदमा नियुक्ति दिलाएका छन् ।

उनले जेठ १५ गतेदेखि मंसिर १५ गतेसम्मका लागि नियुक्ति दिलाएका हुन् । जयसरासँग भएको करार सम्झौता र नियुक्तिपत्रमा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीको हस्ताक्षर छ ।

सम्झौता अनुसार जयसराले मासिक २१ हजार ३०० तलबसहित पोशाक भत्ता १० हजार रुपैयाँ दशैं भत्तासमेत पाउने छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?