+
+

साफ यू-२० च्याम्पियनसिप : भारतविरुद्ध निरीह नेपाल, ८-० ले पराजित

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १५ गते २१:१८

१५ साउन, काठमाडौं । सुरुवाती दुई खेलमा शानदार जित निकालेको नेपाल साफ यू-२० च्याम्पियनसिपको तेस्रो खेलमा भारतसँग ८-० को फराकिलो अन्तरले पराजित भएको छ ।

यसअघि गोल नखाई माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको नेपाल भारत विरुद्ध निरिह बन्दा एक गोल पनि फर्काउन सकेन । पहिलो हाफमा एक गोल गरेको भारतले दोस्रो हाफमा गोलको वर्षा गर्दै ७ गोल थप्यो ।

अघिल्ला दुई खेलमा ७ गोल गरेको नेपालले भारतसँग मात्र ७ गोल खायो । यस हारले फाइनल पुग्ने नेपालको लक्ष्यमा झड्का लागेको छ । तीन खेलबाट नेपालको ६ अंक छ । उति नै खेलबाट ६ अंक जोडेको भारत हेड टु हेड र गोल अन्तर दुवैमा नेपाल भन्दा अघि छ र दोस्रो स्थानमा छ । बंगलादेश सबै तीन खेल जितेर ९ अंकसहित शीर्ष स्थानमा छ ।

अब नेपालले फाइनल पुग्न अन्तिम खेलमा बंगलादेशलाई हराउनै पर्नेछ भने अर्को खेलमा भारत माल्दिभ्ससँग पराजित हुनुपर्नेछ वा बराबरीमा रोकिनुपर्नेछ ।

भुवनेश्वरको कालिंगा स्टेडियममा भएको खेलको ३२औं मिनेटमा टाइसन सिंह लवइटोङबामले गर्दै भारतलाई अग्रता दिलाएका थिए । एकपक्षिय जस्तै बनेको खेलमा नेपालले बराबरी गोल फर्काउने प्रयास गरेपनि सफल हुन सकेन भने भारतले लगातार गोल गरिरह्यो ।

पार्थिव सुन्दर गोगोईले ५०औ र ५२औं मिनेटमा गोल गर्दै भारतको अग्रता ३-० बनाए । पथुम गिमहानाले ६४औं मिनेटमा गोल गर्दै भारतको अग्रता ४-० बनाए । भारत रोकिएन । ७१औं मिनेटमा हिमांशु जाँग्राले पेनाल्टीमा गोल गर्दै भारतको अग्रता ५-० बनाए ।

मोहमेद रिकाज ७८औं मिनेटमा गोल गर्दै भारतलाई ६-० को अग्रता दिलाए । भारतले गोलको वर्षालाई अन्तिमसम्म कायम राख्यो । ९०औं मिनेटमा गुरकिरत सिंहले गोल गर्दै भारतलाई ७-० को अग्रता दिलाए । शुभो पउलले इन्जुरी टाइममा गोल गर्दै भारतलाई ८-० को जित दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?