+
+
Shares

प्रभु बैंकमा सेञ्चुरी गाभिने, पुसभित्र एकीकृत कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १५ गते २०:५७

१५ साउन, काठमाडौं । प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्ने भएको छ । आइतबार दुई बैंक गाभिनेबारे समझदारी भएको छ । सेन्चुरी गाभिएपनि बैंकको नाम ‘प्रभु’नै कायम रहनेछ ।

दुई बैंकले मर्जरमा जानेबारेको समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । दुई बैंकले १ः१ स्वाप रेसियो कायम गर्ने सहमझदारी गरेका छन् । अन्तिम निर्णय भने सम्पत्ति तथा दायित्वको बिस्तृत मूल्याङ्कन गरेपछि तय हुने प्रभु बैंकका एक सञ्चालकले बताए ।

सञ्चालक समितिमा ४ जना प्रभुबाट र तीन सेन्चुरीबैंकबाट रहनेछन् । प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रभु बैंकका सीईओ अशोक शेरचन नै रहनेछन् । सेन्चुरीका मनोज न्यौपाने डेपुटी सीईओ बन्नेछन् ।

स्रोतका अनुसार पुसभित्र एकीकृत कारोबार सुरु गर्ने लक्ष्य छ ।

सेञ्चुरीलाई प्राप्ति पछि प्रभु बैककाे पुँजीकोष झन्डै ३१ अर्ब ७१ करोड रुपैयाँ पुग्नेछ। यस्तै चुक्ता पुँजी २२ अर्ब २६ करोडभन्दा बढी हुनेछ। गत आर्थिक बर्षको अपरिस्कृत वित्तिय विवरण अनुसार प्रभु बैकले २ अर्ब ६० कराेड भन्दा बढी मुनाफा आर्जन गरेकाे छ। सेञ्चुरीकाे विवरण सार्वजनिक हुन बाँकि छ।

प्राथमिक पुँजीकाेष अपुग हुँदा स्राेत भएर पनि कर्जा लगानी गर्न नसकेकाे प्रभु बैंकले रणनितिक रूपमा सञ्चुरीलाई प्राप्ति गर्न लागेकाे हाे। सेञ्चुरीलाई गाभेपछि प्रभुकाे प्राथमिक पुँजिकाेषकाे समस्या सहज हुन सक्नेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?