+
+
सौगात, सृष्टि र सुवर्णसँग 'राधा' संवाद :

‘एकअर्काको उपस्थितिले काममा ऊर्जा दिन्छ’

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १६ गते १२:३०

काठमाडौं । सुवर्ण थापा निर्देशित फिल्म ‘राधा’ तीज पर्वको छेकोमा आगामी भदौ १० गते रिलिज हुँदैछ । यही फिल्मबाट सौगात मल्लले निर्माताको रुपमा करिअर सुरु गर्दैछन् ।

सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहेको फिल्ममा उनले सिंगल मदरको चरित्र प्रस्तुत गरेकी छन् । ‘प्रोटागोनिस्ट’को रुपमा सृष्टिको यो पहिलो फिल्मसमेत हो । जसको काँध उनी एक्लैले बोकेकी छन् ।

अनलाइनखबरको स्टुडियोमा सुवर्ण, सौगात र सृष्टिले फिल्म राधा, अभिनय र निर्देशनका पक्ष र अन्तरंग गफगाफसमेत गरे । यसै वर्ष विवाह गर्ने तयारीमा रहेका सृष्टि र सौगातले बिहेको योजना भए पनि मिति यकिन भइनसकेको बताए ।

निर्देशक सुवर्णका अनुसार यो फिल्म मिथमा आधारित परम्परागत कथावस्तुको राधा होइन । ‘यो मोर्डन राधा हो । मिथोलोजीको राधा होइन । लोग्नेप्रतिको विश्वास र आस्था त छ, तर यो आधुनिक राधाको कथा हो,’ उनले भने ।

कलात्मक फिल्ममा पनि व्यावसायिक पक्ष हुने बताउँदै निर्देशक थापा सबै फिल्मलाई व्यावसायिक बताउँछन् । ‘फिल्म अहिलेसम्म बनाएका सबै कमर्सियल हुन् । आर्ट कमर्सियल फिल्ममा पनि हुन्छ,’ उनी भन्छन् ।

अभिनेत्री सृष्टि श्रेष्ठले फिल्ममा राधा चरित्रमा अभिनय गरेकी छन् । राधा पात्रबाट उनको जीवनमा कस्तो प्रभाव पर्‍यो त ? उनी भन्छिन्, ‘मलाई लाग्छ, भावना युनिभर्सल हुन्छ । गाउँ र सहरको मान्छेमा पनि भावना उही हुन्छ । मलाई एकदमै ठूलो प्रभाव पारेको छ । राधाको जुन प्रतिबद्धता र फोकस छ, त्यो ममा छैन । मैले त्यो पात्रबाट सिकेको छु ।’

यही फिल्मबाट पहिलोपटक निर्माता बनेका सौगातलाई नयाँ अनुभव भएको छ । उनी फिल्मको प्रचारमा खटिएका छन् । ‘आफूले नगरेको काम पहिलोपटक गर्दा दिमाग यताउता हुन्छ । केही यस्ता पनि फिल्म बन्नुपर्छ,’ उनी भन्छन्, ‘यसले ट्रेन्ड चेन्ज गर्न सक्छ र यस्तो खालको फिल्म बन्नुपर्छ भन्ने लागेर निर्णय गरेको हुँ । आफूलाई खेल्न र गर्न मन लागेको कुराका लागि राधासँग जोडिएको हुँ ।’

प्रायः फिल्ममा सौगात र सृष्टि सँगै देखिन थालेपछि दर्शकले प्रश्न गर्न थालेका छन्– किन यस्तो ? यसबारे सृष्टिको जवाफ छ, ‘सौगातको अनुपस्थितिभन्दा उपस्थितिमा मलाई ऊर्जा र प्रेरणा मिल्छ ।’ राधा मात्र होइन, फिल्म माइकल अधिकारी पनि सौगात र सृष्टि सँगै देखिन लागेका छन् भने अन्य केही फिल्ममा पनि उनीहरु जोडीको रुपमा प्रस्तुत हुँदैछन् ।

तस्वीर/भिडियो : आर्यन धिमाल

भिडियो सम्पादन : गारब योञ्जन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?