+
+

काभ्रेस्थली घटना : मृत भेटिएका चारै जनाको शव पोस्टमार्टमका लागि लगियो

काठमाडौंको तारकेश्वर नगरपालिका–२, काभ्रेस्थली, पदमसालको एक घरमा मृत भेटिएका एकै परिवारका चार जनाको शव पोस्टमार्टमका लागि लगिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १६ गते १७:३४

१६ साउन, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–२, काभ्रेस्थली, पदमसालको एक घरमा मृत भेटिएका एकै परिवारका चार जनाको शव पोस्टमार्टमका लागि लगिएको छ ।

प्रहरी तथा शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक टोलीले घटनास्थलमा आवश्यक अनुसन्धान सकेर शव उठाएको हो ।  उनीहरुको शवको शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टम गरिने छ ।

गोरखाको भीमसेन थापा गाउँपालिका-६ घर भई काभ्रेस्थली बस्दै आएका ४१ वर्षका दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षकी सुनिता, छोरा ८ वर्षका आशिक र छोरी १३ वर्षकी आशिका घरमै मृत भेटिएका थिए ।

तस्वीर : शंकर गिरि/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?