+
+

हेटौंडामा लागुऔषधसहित चार जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १६ गते १८:०४

१६ साउन, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषधसहित चारजनालाई हेटौंडाबाट पक्राउ गरेको छ ।

प्रहरीले १३ बोतल ओनेरेक्स सहित दुईजना महिला र दुईजना पुरुषलाई पक्रेको हो ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको टोलीले हेटौंडा–४, चिल्ड्रेनपार्कमा रहेको चौतारी होटलबाट हेटौंडा–२ का ४९ वर्षीय राजेश श्रेष्ठ, हेटौंडा–४ का ५४ वर्षीय रामकाजी श्रेष्ठ, हेटौंडा–१३ की २६ वर्षीया आहाना भन्ने अल्बिना तामाङ र हेटौंडा–१२ घर भइ हाल हेटौंडा–११ मा डेरामा बस्ने २५ वर्षीया इशा घलानलाई पक्राउ गरेको हो ।

उनीहरुलाई अदालतमा पेश गरि १८ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?