+
+

मोरङमा ३६ किलो गाँजासहित एक जना पक्राउ 

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १७ गते ११:३८

१७ साउन, विराटनगर । प्रहरीले मोरङको सीमावर्ती क्षेत्रबाट ३६ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । जहदा गाउँपालिका–२ हरिनगराबाट मङ्गलबार बिहानका ३६ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको हो ।

नेपालबाट भारतको जोगवनीतर्फ लैजादै गरेको अवस्थामा जहदा-२ का २५ वर्षीय मुकेश गुरुङलाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताए ।

तीन जनाले बोकेर भारततिर लैजाँदै गरेको अवस्थामा प्रहरीसँग जम्काभेट भएपछि अन्य दुई जना भने फरार भएको प्रहरीले बताएको छ ।

पक्राउ परेका गुरुङलाई र अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको उनले बताए ।

गुरुङलाई लागुऔषध ऐनअन्तर्गतको मुद्दा लगाउने प्रहरीको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?