+
+

पाकिस्तानमा इमरान खानको पार्टीले विदेशबाट पैसा लिएको ठहर

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १७ गते १७:३२

१७ साउन, काठमाडौं । पाकिस्तानको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानको दल पाकिस्तान तहरिक ए इन्साफ पीटीआईले विदेशबाट गैरकानूनी रकम लिएको ठहर गरेको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त सिकन्दर सुल्तान राजाको नेतृत्वमा गठित ३ सदस्यीय समितिले पीटीआईले कानून विपरीत विदेशी संघ संस्था र व्यक्तिबाट रकम लिएको ठहर गर्दै त्यो रकम किन जफत नगर्ने भनेर स्पष्टिकरण सोधेको छ ।

पीटीआईका संस्थापक सदस्य अकबर एस बाबरले दायर गरेको उजुरी सन् २०१४ देखि आयोगको विधाराधीन थियो ।

उजुरीमा सुनुवाइपछि आयोगले भनेको छ, ‘पार्टीले संविधानको उल्लंघन गरेको छ, उसले ३४ वटा विदेशी संगठनबाट रकम लिएको छ, जुन पाकिस्तानको कानून विपरीत छ ।’ पीटीआईले अमेरिका, अष्ट्रेलिया तथा यूएईमा रहेका संघ संस्थाबाट रकम लिएको थियो ।

आयोगले इमरान खानले पाकिस्तानी कानून अनुसारको आफ्नो जिम्मेवारी पूरा गर्न पनि असफल भएको ठहर गरेको पाकिस्तानी अनलाइन डनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?