+
+

साढे १० प्रतिशत ब्याज पाइने एभेष्ट बैंकको ऋणपत्र आजबाट

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १८ गते १०:४७

१८ साउन, काठमाडौं । एभरेष्ट बैंकको ६ वर्ष अवधिको ऋणपत्र बिक्री खुला भएको छ । बैंकले १८ साउन बुधबारदेखि १०.५ प्रतिशत ब्याजदरको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन बिक्री खुला भएको छ ।

प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका २० लाख कित्ता ऋणपत्र निष्कासन खुला गरेको हो । ‘एभरेष्ट बैंक ऋणपत्र २०८५’ नाम दिएको ऋणपत्रमा लगानी गर्नेले १०.५ प्रतिशत ब्याजदर प्राप्त गर्नेछन् । ब्याजदर त्रैमासिक रुपमा भुक्तानी हुने बैंकले जनाएको छ ।

कुल निष्कासन हुने ऋणपत्रमध्ये ६० प्रतिशतले हुन आउन एक अर्ब २० करोड बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरले बिक्री गर्ने जनाएको छ । बाँकी रहेको ८ लाख कित्तामा पनि ४० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । ७ लाख २० हजार कित्ता भने सार्वजनिक निष्कासनो लागि आवेदन माग गरेको छ ।

। उक्त ऋणपत्रमा खरिदको लागि न्युनतम २५ कित्ताको दरले हुने २५ हजार रुपैयाँ लगानी गर्नुपर्छ । बढीमा भने माग गरेअनुसारनै आवेदन दिन सकिनेछ ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। सर्वसाधारणले सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था बाट आवेदन दिने सक्नेछन् ।

बैंकले ऋणपत्र निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी डबल ए माइनस’ रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्छ ।

ऋणपत्रमा छिटोमा २२ साउन र उक्त अवधिमा माग अनुसारको आवेदन नपरेमा आवेदन दिने अवधि ढीलोमा १ भदौससम्म रहनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?