+
+
Shares

अमेरिकाले चीनलाई उत्तेजित पारेर अशान्ति फैलाउन खोज्यो : बिजुक्छे

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १८ गते १३:१४

१८ साउन, काठमाडौं । नेपाल मजदुर किसान पार्टीले अमेरिकाले चीनलाई उत्तेजित पारेर अशान्ति फैलाउन खोजेको आरोप लगाएको छ ।

अध्यक्ष नारायणमान बिजुक्छेले बुधबार एक विज्ञप्ति जारी गरी अमेरिकी प्रतिनिधिसभाको सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोध गरेका हुन् । उनले ताइवानलाई चीनको अभिन्न अंग भन्दै त्यहाँ अमेरिकी सभामुख जानु अमेरिकाको युद्ध उत्तेजनात्मक गतिविधि भनेको छ ।

‘चिनियाँ भूमिमा अस्थिरता फैलाउने, ताइवानमा क्रियाशील विखण्डनकारी संगठनलाई पोस्ने, दक्षिणी चीन सागरमा उत्तोजनात्मक गतिविधि गर्ने र चीनविरुद्ध शीत युद्धको अभ्यास गर्दै आएको सर्वविदित छ’ अध्यक्ष बिजुक्छेले भनेका छन् ‘त्यसैको सिलसिला अन्तर्गत पेलोसीको ताइवान भ्रमण भएको प्रष्ट छ, निश्चय पनि यसको परिणाम वाइडेन प्रशासनले भोग्नुपर्नेछ भन्ने चिनियाँ घोषणा देशभक्तिपूर्ण छ ।’

विगतमा एक चीन नीतिलाई स्वीकार गरे पनि अमेरिकाले चिनियाँ मुख्य भूमिबाट ताइवानलाई अलग बनाउने धम्कीपूर्ण अभिव्यक्ति दिनु साम्राज्यवादी आक्रामक नीति भएको नेमकिपाले बताएको छ ।

अमेरिकाले एसियामा युद्ध थोपर्ने चालबाजी गरिरहेको भन्दै नेमकिपाले एसिया महादेश र विश्वमा अशान्ति फैलाउने कार्य बन्द गर्न माग गरेको छ ।

‘चीनको सम्प्रभुताको कदर गर्नु र एक चीन नीति साँचो अर्थमा पुनः अडिग भएर प्रस्तुत हुनु स्वयं संयुक्त राज्य अमेरिकाको निम्ति हितकारी हुने तर्फ नेमकिपा बाइडेन प्रशासनको ध्यानाकर्षण गर्दछ’ अध्यक्ष बजुक्छेले भनेका छन् ।

हेर्नुहोस् विज्ञप्ति

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?