+
+

राखेपले विकास बजेटलाई परिणाममुखी बनाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १८ गते १६:००

१८ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आर्थिक वर्ष २०७९/८० का लागि विनियोजित पुँजीगत खर्चलाई परिणाममुखी बनाउने बताएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चको एकेडेमीले सुरु गरेको स्पोर्टस् डायलग शृंखलाको पहिलो अंकमा बोल्दै राखेप सदस्यसचिव टंकलाल घिसिङले आएको बजेट धेरैथरिका योजनामा छर्नेभन्दा परिणाम निस्कने गरी प्राथमिकताका योजनामा लगानी गर्ने बताए ।

सरकारले चालू आर्थिक वर्षका लागि ८७ करोड रुपैयाँ विकास बजेटका रुपमा छुट्याएको छ ।

अघिल्लो आर्थिक वर्षमा राखेपले विकास बजेटको ३५ प्रतिशतमात्र कार्यान्वयन गर्न सकेको थियो । खेलकुद अदालती झमेलामा परेपछि राखेप चार महिनासम्म कार्यकारीविहीन हुनुलाई यसको कारक मानिएको छ ।

खेलकुदमा गौरवको आयोजना भनिए पनि निर्माण सम्पन्न गर्नेतर्फ ध्यान नगएको स्वीकार्र्दै सदस्यसचिव घिसिङले यसवर्षको बजेटमा पूर्वाधार विकासका लागि प्राथमिकताका साथ बजेटको ग्यारेन्टी गर्नुलाई सकारात्मक लिनुपर्ने बताए ।

‘देश संघीयतामा गइसक्दा पनि केन्द्रिकृत मानसिकता परिवर्तन भएको छैन । अहिले पनि ५ लाख, १० लाखको योजना लिएर मन्त्रालय र राखेपको केन्द्रीय कार्यालय धाउनु पर्ने बाध्यता छ । जबकि त्यो काम स्थानीय तहमार्फत नै गरिनुपर्ने थियो । यसमा मेरो प्रथमिकता रहँदैन,’ घिसिङले भने, ‘मेरो ध्यान ठूला पूर्वाधार निर्माणमा केन्द्रीकरण गर्नेछु ।’

हालैको राखेप बोर्ड बैठकबाट पारित भएको खेलाडी छात्रावास, सिनेमाहलसहितको खेलकुद म्युजियम र फिटनेस सेन्टर निर्माणको काम पनि यही आर्थिक वर्षदेखि सुरु गर्ने योजना सदस्यसचिवले सुनाए ।

कार्यक्रममा सदस्यसचिव घिसिङले नयाँ खेलकुद ऐनको कार्यान्वयनका बाधा अड्काउ फुकाउने प्रक्रिया मन्त्रिपरिषदमा पुगेको जानकारी दिँदै खेल संघहरुलाई केन्द्रीय निर्वाचनका लागि राखेपमा संघीय संरचनाअनुसारको नयाँ विधान स्वीकृत गर्न अनुरोध गरे ।

उनले आफ्नो कार्यकालमा युवालक्षित प्रतियोगिता र कार्यक्रमलाई सन्चालन गर्ने बताएका छन् । विद्यालयस्तरीय, विश्वविद्यालयस्तरीय खेलकुद आयोजना गरी छानिएका प्रतिभाबीच युथ गेम्सको आयोजना गर्ने तथा ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा ल्याउने काममा आफू केन्द्रित रहने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?