+
+

कोशिश क्षेत्रीको डेब्यु निर्देशन रहने फिल्म ‘बाइरोड’ शुक्रबारदेखि छायांकनमा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १८ गते १७:५७
अभिनेत्री सुरक्षा पन्त र गायक तथा अभिनेता कोशिश क्षेत्री । फाइल तस्वीर

काठमाडौं । अभिनेता तथा गायक कोशिश क्षेत्री अब निर्देशक बन्ने भएका छन् । उनको डेब्यु निर्देशकीय फिल्म ‘बाइरोड’ आगामी शुक्रबारदेखि छायांकनमा जाँदैछ ।

मंगलबारदेखि नै छायांकन सुरु हुने भनिए पनि लगातारको झरीको कारण रोकिएको थियो । फिल्म ‘मोक्ष’बाट अभिनय करिअर थालेका उनले पहिलोपटक यही फिल्मबाट निर्देशकीय करिअर पनि सुरु गर्दैछन् ।

हरर जनराको फिल्म ‘बाइरोड’मा कोशिश स्वयंको मुख्य भूमिका हुनेछ । सुरक्षा पन्त, सरिता गिरी र भोलाराज सापकोटा पनि लिड रोलमा हुनेछन् । मकवानपुरको दामन लगायतका क्षेत्रमा फिल्मको छायांकन हुँदैछ ।

फिल्मको शीर्षक सुन्दा यात्रामा आउने हररको कथा भएको अनुमान गर्न सकिन्छ । कोशिश अभिनित फिल्म परस्त्री प्रदर्शनको तयारीमा छ, जुन फिल्म सन् २०२३ को मार्च ३ मा रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?