+
+

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त थापागाउँबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १९ गते १३:३९

१९ साउन, काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार एक जना अभियुक्तलाई  पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा नगरपालिका- २ घर भई हाल काठमाडौ्को बानेश्वरमा बस्‍ने ४६ वर्षीय दिपकचन्द्र आचार्य रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापागाउँबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धानको लागि प्रहरी वृत गौशाला पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनी बैंकिङ कसूर मुद्दामा १९ लाख ५० हजार बिगो नबुझाइ फरार रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?