+
+

चिनियाँ अपहरण प्रकरण : न्यायाधीशका पीएसओ र घुमुवा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १९ गते १६:३५

१९ साउन, काठमाडौं । चिनियाँ नागरिकलाई अपहरण गरेर एक करोड रुपैयाँ फिरौती माग्ने समूहमा नेपाल प्रहरीका दुई अधिकारी पनि संलग्न रहेको पाइएको छ ।

चिनियाँ नागरिकलाई अपहरण गरी नयाँ बसपार्कमा बन्धक बनाएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये दुई जना प्रहरी पनि छन् ।

उच्च अदालतका एक न्यायाधीशका पीएसओ रहेका हवल्दार ३७ वर्षका कर्ण गुरुङ र प्रहरी वृत्त बालाजुका घुमुवा २८ वर्षका शिव सुनुवार पक्राउ परेका हुन् ।

पक्राउ पर्ने अन्यमा वर्ष २८ का लक्ष्मण गुरुङ, वर्ष २९ का रोहित मगर, वर्ष २८ का विशाल मगर र वर्ष २७ का विनोद केसी रहेका प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?