+
+

सर्वोच्च अदालतमा शुक्रबार पूरा समय सेवा प्रवाह हुने

रासस रासस
२०७९ साउन १९ गते २१:०५

१९ साउन, काठमाडौं । सर्वोच्च अदालतले रहेको पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना–२०७९ लाई कार्यान्वयन गर्ने उद्देश्यले शुक्रबार पूरा समय सेवा प्रवाह गर्ने भएको छ ।

सर्वोच्च अदालतको गत असार २२ गते बसेको पूर्ण बैठक (फूलकोर्ट) ले यही साउन २० गते शुक्रबारदेखि लागू हुने गरी पूरा समय सेवा प्रवाह गर्ने निर्णय गरेको थियो ।

अदालतले पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना सञ्चालनमा ल्याएपछि शीघ्र मुद्दा फर्छ्यौट हुने विश्वास गरिएको छ ।

अदालतमा २०७९ सालको वैशाख ३० सम्म आइपुग्दा पाँच वर्ष नाघेका मुद्दा चार हजार आठ सय १९ थान छन् । त्यस्तै दुई वर्ष नाघेका मुद्दा १७ हजार ६१२ थान रहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?