+
+

वीरगञ्ज महानगरमा शोक विदा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २० गते १२:१८

२० साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ ।

महानगरको विद्युत शाखामा कार्यरत कुल्ली पदका सुशीलकुमार राउतको निधन भएकोले शोक बिदा दिएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

शुक्रबार अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले बताए  । महानगरले शुक्रबार नै शोकसभा समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?