+
+

जनता पार्टीको सेवक होइन देशको मालिक बन्नुपर्छ : कमल थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २० गते १४:१५

२० साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जनता पार्टीको सेवक नभई देशको मालिक हुनुपर्ने बताएका छन् ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनबारे टिप्पणी गर्दै अध्यक्ष थापाले सत्तामा पुग्न विदेशी शक्ति गुहार्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । ‘यो सबैको अन्त्यको लागि जनता पार्टीको सेवक होइन स्वाभिमानी स्वतन्त्र नागरिक र देशको मालिक बन्नुपर्छ,’ उनले फेसबुकमा लेखेका छन् ।

उनले ४ मंसिरमा हुने निर्वाचनले सर्वसत्तावाद, भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तनको समेतको अन्त्य गर्नु पर्ने बताएका छन् । त्यसका लागि नागरिक स्वाभिमानी हुनुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?